काठमाडौं । सोमबार सेयर बजार घटेर कारोबार भएको दिन एउटा कम्पनीमा भने नकारात्मक सर्किट लागेर कारोबार भएको छ । आज १५९ कम्पनीको सेयर मूल्य घटेको दिन हिमालयन पावर पार्टनरको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको हो ।
आज हिमालयन पावरको सेयर मूल्य ६४ रुपैयाँ ५५ पैसाले घटेर ५८१ रुपैयाँ ३० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले कम हो । त्यस्तै आज धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा रिभर फल्स पावर लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र समाज लघुवित्त रहेका छन् ।
आजको कारोबार बन्द हुँदा रिभर फल्सको सेयर मूय ४७ रुपैयाँ १७ पैसाले घटेर ५४५ रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७.९५ प्रतिशतले कम हो । त्यस्तै आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ४.६१ प्रतिशत अर्थात् १०६ रुपैयाँ ६१ पैसाले घटेर २ हजार २०६ रुपैयाँ पुगेको छ ।
आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ३८ रुपैयाँ ५२ पैसाले घटेर ८९९ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.११ प्रतिशतले कम हो । आज समाज लघुवित्तको सेयर मूल्य पनि आज ४.१० प्रतिशत अर्थात् १०४ रुपैयाँ ७० प्रतिशतले घटेर २ हजार ४५० रुपैयाँ पुगेको छ ।












प्रतिक्रिया दिनुहोस्