काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ । अघिल्लो दिन पनि सकारात्मक सर्किट लागेको यो कम्पनीमा आज कारोबार खुल्न वित्तिकै सकारात्मक सर्किट लागेको हो ।
आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य २०३ रुपैयाँ १० पैसाले बढेर २ हजार २३४ रुपैयाँ २० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । यो समाचार तयार पार्दासम्म समग्र नेप्से परिसूचक भने ६ दशमलव १६ अंकले घटेर २६६७ दशमलव ५२ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा २ अर्ब माथिको कारोबार भएको छ ।






प्रतिक्रिया दिनुहोस्