Skip to content

गर्मीसँगै ‘एसी’ को उच्च मागः आयात २९ प्रतिशत बढ्यो, सबैभन्दा बढी खपत उपत्यकामा

nabil
global ime

काठमाडौं । पछिल्लो वर्षयता गर्मी बढेसँगै बजारमा ‘एसी’ को माग पनि बढेको छ । काठमाडौंलगायत विभिन्न जिल्लामा बढ्दो तातो मौसमको कारण एसीको माग बढिरहेको ‘एसी’ का व्यापार गर्ने व्यापारीहरू बताउँछन् ।

विदेशबाट भित्रिने विभिन्न ब्रान्डको एसीहरूमध्ये धेरैजसो एसीको माग उपत्यका भित्र नै रहेको काठमाडौं महाराजगन्ज एसी व्यवसायी मनिराज श्रेष्ठ बताए । नेपालको विभिन्न जिल्लामा एसीको सप्लाई गर्दै आएका श्रेष्ठको पसलबाट देशको अन्य जिल्लामा भन्दा काठमाडौंमा नै व्यवसाय बढी छ ।

‘अहिले मेरो डिलरबाट हुने व्यापारको ७० प्रतिशत हिस्सा व्यापार काठमाडौं उपत्यका भित्र हुन्छ,’ उनी भन्छन्, ‘बाँकी ३० प्रतिशत व्यवसाय जिल्ला बाहिर हुने गरेको छ ।’ पछिल्लो समय उपत्यकामा नै गर्मी बढेको कारण व्यवसाय पनि यस क्षेत्रमा नै बढ्दो रहेको उनी बताउँछन् ।

काठमाडौंको कलंकीस्थित एसीको पसल सञ्चालन गरेर बसेका व्यवसायी मधुसुधन आचार्यले बर्सेनि बजारमा एसीको माग बढ्दो रहेको बताए । आचार्यका अनुसार गत वर्षहरूको तुलनामा यस वर्षको एसीको माग काठमाडौं उपत्यका लगायत तराईको विभिन्न जिल्लामा उच्च रहेको बताए ।

नेपालमा एसीको माग मुख्यतः तातो मौसम र बढ्दो सहरीकरणका कारण बढिरहेको आचार्यको बुझाई छ । अहिले तराईका विभिन्न जिल्लाहरूमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । यसैगरी, काठमाडौं उपत्यकामा पनि बर्सेनि तापक्रम बढ्दो अवस्थामा रहेको छ । यसकारण कारण बिजुलीको सहजता भएको ठाउँमा एसीको माग पनि उच्च रहेको आचार्यले बताए ।

आचार्यका अनुसार २०८० मा एक हजार थान बिक्री भएको मिडिया कम्पनीको एसी २०८१ मा १ हजार तीन सय थान बिक्री भएको छ । यसैगरी, २०८० मा तीन हजार थान बिक्री भएको सामसङ कम्पनीको एसी २०८१ मा बढेर पाँच हजार थान, २०८० मा तीन हजार थान बिक्री भएको इन्भेन्टर कम्पनीको एसी २०८१ मा बढेर पाँच हजार थान, २०८० मा पाँच हजार हजार थान बिक्री भएको एलजी कम्पनीको एसी २०८१ मा आउँदा बढेर ७ हजार थान बिक्री भएको छ ।

२०८० मा तीन हजार पाँच हजार तीन सय थान बिक्री भएको हुन्डाई कम्पनीको एसीको व्यवसाय पनि २०८१ मा बढेर पाँच हजारको हाराहारीमा पुगेको आचार्यले बताए । यसैगरी, गत वर्ष तीन हजार थान व्यापार भएको प्यनासोनिक कम्पनीको एसीको व्यापार यसवर्ष पाँच हजार पुगेको उनले बताए ।

यसैगरी, काठमाडौंको न्युरोडस्थित एसीको व्यवसाय गरी रहेका अमिर थापाका अनुसार पनि हाल एसीको व्यवसाय र बजारी करण बढ्दो रहेको छ । नेपाल लोडसेडिङ हटेपछि नै एसीको व्यापार बढ्न थालेको र पछिल्लो समय बढेको गर्मीको कारण पनि एसीको बजारी करण बढ्दो अवस्थामा रहेको उनी बताउँछन् ।

टीसीएल, हाईअर, हुन्डाई, ब्लुस्टार, स्काइवर्थ, बाल्ट्रा, सान्सुई, टेस्ला र यासुदालगायत ब्रान्ड एसीहरू बिक्री हुने गरेका छन् । यस अवधीमा बजारमा सबैभन्दा चर्तिक एसी चौधरी समूहको सिजि इलेक्ट्रोनिक्सले एलजी, मिडियालगायत एसी कम्पनीहरू रहेको व्यवसायी बताउँछन् ।

यी कम्पनीहरूको एसी अहिले बजारमा माग बढ्दो रहेको व्यवसायीको बुझाइ छ । यसैगरी, बजारमा हिमाल रेफ्रिजेरेसन एन्ड इलेक्ट्रिकल इन्डस्ट्रिज प्रालि धारिकारिक बिक्री गर्ने ‘डाइकिन’ कम्पनीको एसी पनि धेरै बिक्री हुने गरेको छ ।

गत वर्षभन्दा २९ प्रतिशत बढ्यो आयात

चालु आर्थिक वर्षमा भन्दा यो वर्ष भन्सार विभागको तथ्यांकले पनि गत वर्षको तुलनामा एसीमा प्रयोग हुने पाटपुर्जाको आयात बढेको देखाएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनासम्म ४ अर्ब ६४ करोड १९ लाख ११ हजार रुपैयाँ बराबरको एसीको सामान आयात भएको छ ।

यो तथ्यांक गत आर्थिक वर्षको यसै अवधिको भन्दा २८.८३ प्रतिशत धेरै हो । गत आर्थिक वर्षको वैशाख मसान्तसम्म यस्तो सामानको आयात ३ अर्ब ६० करोड ३० लाख १६ हजार रुपैयाँ बराबरको सामान आयात भएको थियो ।

एसीको सामान आयातबाट सरकारले पनि राम्रो आम्दानी गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनामा सरकारले एसीको पाटपुर्जाको आायातबाट १ अर्ब ६० करोड ३२ लाख ७८ हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ । सरकारको राजस्व गत आर्थिकको वैशाख मसान्तसम्म १ अर्ब ६० करोड ३२ लाख रुपैयाँमात्र राजस्व संकलन गरेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima