Skip to content

देशका ८ राजमार्ग एकतर्फी सञ्चालन, एउटा पूर्ण रुपमा अवरुद्ध

काठमाडौं । वर्षातका कारण देशका ८ स्थानको सडक एकतर्फी रुपमा सुचारु भएको छ भने एउटा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।

नेपाल प्रहरीका अनुसार महेन्द्र राजमार्ग पूर्ण रुपमा अवरोध भएको छ । यस्तै चरिकोट-मन्थली मुख्य सडक पूर्ण रुपमा सञ्चालनमा आएको छ । प्रहरीका अनुसार धनकुटाको साँगुरिगढी–५ रवि राके भेडेटार सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

यस्तै बर्दघाट सुस्ता पूर्व स्थित बुलिनटार गाँउपालीका–१ डाँडा स्थित कालिगण्डकी करिडोर, म्याग्दीको अन्नपुर्ण गाँउपालीका–३ रूप्से स्थित बेनी–जोमसोम सडक खण्ड, कास्की जिल्लाको अन्नपुर्ण गाँउपालीका–६ ढावा पोखरा बाग्लुङ सडक, दाङको लमही नगरपालीका–९ च्याउखोला स्थित महेन्द्र राजमार्ग, गुल्मीको कालिगण्डकी गाँउपालीका–६ बर्लबा कालिगण्डकी करिडोर, जुम्लाको सिंजा गाँउपालीका–२ चुलेलगाँउको जुम्ला मुगु सडक खण्ड, डोल्पाको बाढी त्रिपुरासुन्दरी नगरपालीका–१ छलघाट स्थित भेरी करिडोर, नवलपरासीको बिनयी त्रिवेणी गाँउपालीका–१ महेन्द्र राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima