काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आसन्न निर्वाचनमा सन्तोष कुँवरले प्यानल सहित उम्मेदवारी घोषणा गरेका छन् ।
अहिलेको कार्यकालमा महासचिव रहेका कुँवरको प्यानलमा उपाध्यक्षमा बबिन मिश्र, महासचिवमा चूडामणि सापकोटा, सचिवमा कल्याण खड्काले उम्मेदवारी घोषणा गरेका छन् ।
यस्तै राष्ट्रिय युवा संयोजकमा रिज्नु अधिकारी, कोषाध्यक्षमा निजन चौलागाईंले उम्मेदवारी घोषणा गरेका छन् । पोखरेल नेतृत्वको अहिलेको कार्यकालमा उनी एनआरएनए अष्ट्रेलियाका प्रवक्ता हुन् । २०१९ मा एनआरएनए भिक्टोरियाका युवा संयोजकको रूपमा संघको नेतृत्वमा आएका उनले त्यसपछि २०२१ देखि २०२३ सम्म एनआरएनए अष्ट्रेलियाका राष्ट्रिय युवा संयोजकको जिम्मेवारीमा रहेका थिए ।
उनी २०१५ देखि ग्रासरुट संस्थाहरू, वेलफेयर नेपाल र चितवन समाज भिक्टोरियाजस्ता संस्थासँग समेत आवद्ध छन् । साथै अध्यक्षका उम्मेदवार कुँवरले अगाडि बढाएका डायस्पोरा लगानी परिचालन, एनआरएनए फाउन्डेसनमार्फत सामाजिक सेवाका अभियान, दोस्रो पुस्ताको सक्रिय सहभागिताका लागि संरचना निर्माण, नीतिगत संवाद र बहुसांस्कृतिक पहिचान प्रवर्द्धन जस्ता महत्वपूर्ण योजनाहरूलाई अगाडि बढाउने प्रतिवद्धता पनि उनले व्यक्त गरेका छन् ।
संघको सचिव पदका उम्मेदवार खड्का अधिवक्ता समेत हुन् । उनले विभिन्न किसिमका कानूनी परामर्शदाताका रूपमा समेत सक्रिय छन् । उनी संघको विभिन्न पदमा रहिसकेका अनुभवी व्यक्ति हुन् ।
उनले सन् २०१३-२०१४ मा ब्रिगेड फुटबल क्लब, सिड्नीको खेलाडी र सल्लाहकार समितिका सदस्यको रूपमा काम गरेका थिए भने त्यसपछि सिड्नी नेपालीज फुटबल क्लबका संस्थापक, साहारा अष्ट्रेलिया क्लवमा रहेर फुटबल प्रतियोगिता गराउँदै आएका छन् । यस्तै उनी २०१९–२०२१ मा अष्ट्रेलियन नेपालीज फुटबल एशोसिएसनको कोषाध्यक्ष रहेका उनी अहिले कार्यकारी सदस्य छन् । यसबाहेक उनी एनआरएनए एनएसडब्लु राज्य समन्वय परिषदका महासचिव समेत हुन् ।






प्रतिक्रिया दिनुहोस्