Skip to content

वेस्टर्न युनियन मनी ट्रान्सफरको ‘नगदमा हर्ष बनिरहोस्, नयाँ वर्ष शुभ रहोस्’ अभियान

 

काठमाडौं । वेस्टर्न युनियन मनी ट्रान्सफरले नयाँ वर्षको अवसरमा‘नगदमा हर्ष बनिरहोस्, नयाँ वर्ष शुभ रहोस्’ अभियान ल्याएको छ। मनी ट्रान्सफरले नयाँ वर्षको उत्सवमा ग्राहकहरूको खुसी बढाउने लक्ष्यसहित उक्त योजना ल्याएको हो।

यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले वेस्टर्न युनियन मनी ट्रान्सफर सेवाका १५ हजारभन्दा बढी भुक्तानी काउन्टरहरूमध्ये कुनैबाट आफ्नो रेमिटेन्स प्राप्त गर्नुपर्नेछ।

अभियान अवधिका प्रत्येक कारोबारहरू स्वतः रूपमा साप्ताहिक र बम्पर ड्रको लागि समावेश हुनेछन्। यो योजना नेपालभर चैत १२ गतेदेखि सुरू भइ २०८१ को वैशाख १८ गतेसम्म लागू हुनेछ।

यस योजनाअन्तर्गत पाँच हप्तासम्म हरेक हप्ता सात जना भाग्यशाली ग्राहकहरूले साप्ताहिक लक्की ड्रमार्फत् १५ हजार रूपैयाँ जित्न सक्नेछन्। अभियानको अन्त्यमा एक भाग्यशाली विजेताले बम्पर ड्र मार्फत् एक लाख रुपैयाँ जित्न सक्ने कम्पनीको जनाएको छ।

वेस्टर्न युनियन मनी ट्रान्सफर २७ वर्षभन्दा बढी समयदेखि नेपालीहरूलाई २ सयभन्दा बढी देश र क्षेत्रहरूबाट पैसा प्राप्त गर्ने सेवा प्रदान गर्दै आएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T