Skip to content

सुनको मूल्य २ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

nabil bank

काठमाडौं । नेपाली बजारमा पछिल्लो पाँच दिनयता सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड कायम भइरहेको छ । गत शुक्रबारदेखि बढेको सुनको मूल्यमा बुधबार पनि नयाँ रेकर्ड बनाएको हो ।

आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाला सुन प्रतितोला २ लाख ५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

बुधबार चाँदी तोलामा ५ रुपैयाँले घटेर दुई हजार ४ सय ८० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । मगलबारको बजारमा यो तोलाको दुई हजार ४ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime