Skip to content
Prabhu

रोपवेले वस्तु ढुवानीमा सहज

 

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका–४ र वडा नं १० जोड्ने ग्राभिटी गुड्स रोपवे निर्माण हुँदा किसानलाई उत्पादित सामग्री ढुवानीमा सहज भएको छ । विगतमा किसानले पिँठ्युमा भारी बोकेर कर्णाली राजमार्गमा पुग्नुपर्ने बाध्यता रोपवे निर्माणपछि हटेको हो । 

तिलागुफा नगरपालिकाको कामखेत, भातडी र छनाडा, भिग्म गाउँका किसानले उत्पादन गरेको तरकारी रोपवेमार्फत दुई मिनेटमा कर्णाली राजमार्ग र नगरपालिका केन्द्रसम्म पु¥याउने गरिएको तिलागुफा–१० का कृषक टेकराज शाहीले बताए । विगतमा डोकोमा बोकेर काँडा बगरसम्म पु¥याउँदा पैदल तीनदेखि चार घण्टासम्म हिँड्नुपर्ने बाध्यता हटेको उनको भनाइ छ ।

‘सडक सुविधा छैन, हाम्रो गाउँमा भर्खर सडकका लागि ट्रयाक खोलिएको छ’, शाहीले भने, ‘ट्रयाक खोलिए पनि उक्त बाटामा गाडी नजाने भएपछि हामीले बिहान खाना खाएर एक डोको तरकारी बोकी पैदल हिँडेर भिग्म, गाल्जे बजारलगायत ठाउँमा जाने गथ्र्यो ।’

नौ किलोमिटरको पैदलयात्रा सामान बोकेर जानुपर्ने अवस्था अन्त्य भएको भन्दै रोपवे निर्माणपछि अहिले दुई मिनेटमै सामान कर्णाली राजमार्गमा पुग्ने गरेको तिलागुफा–२ का कृषक रामबहादुर बुढाले बताए । ‘हामीले बारीमा उत्पादन गरेको तरकारी बिक्री गर्न यसअघि निकै समस्या थियो’, उनले भने, ‘यहाँका किसानलाई लक्षित गरेर रोपवे निर्माण गरेपछि किसानले तरकारीखेती विस्तार गर्दै लगेका छन् । अब ढुवानीको कुनै समस्या छैन ।’

रोपवे सञ्चालनमा आएसँगै तिलागुफा नगरपालिका, राचुली, धनाडा, भिग्म र कामखेतका किसानलाई कृषि नमुना गाउँ बनाउने गरी योजना बनाइएको नगरप्रमुख शङ्करप्रसाद उपाध्यायले बताए । ‘रोपवेले किसानलाई सहज बनाएको छ । यो निकै प्रभावकारी बन्दै गएकाले यहाँका किसानलाई कृषिमा आत्मनिर्भर बनाउने गरी योजना बनाइरहेका छौँ”, उहाँले भने, ‘यो रोपवेसँगै केही वडासम्म सडक पुर्याउने योजना छ ।’

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal