Skip to content

एकै दिन सुन प्रतितोला ७ हजार ४ सयले बढ्यो, अब कति पुग्यो तोलाको ?

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य ७ हजार ४ सय रूपैयाँले बढेको छ। दसैंअघिको तुलनामा सुन प्रतितोला ७ हजार ४ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघले दसैंअघि २ लाख २३ हजार २ सय रूपैयाँ मूल्य तोकेको थियो। आज आइतबार सुनको मूल्य प्रतितोला २ लाख ३० हजार ६ सय रूपैयाँ पुगेको छ।

त्यस्तै, आइतबार चाँदीको मूल्य पनि प्रतितोला १ सय २० रूपैयाँले बढेको छ। यसअघि २८ सय १० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार २९ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३८ सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T