Skip to content

प्रधानमन्त्रीसँग आइसीसीका अध्यक्षको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अन्तर्राष्ट्रिय  क्रिकेट काउन्सिल (आइसीसी) का अध्यक्ष ग्रेज बार्क्लेले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच आज भएको भेटमा नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको थियो । 

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले आइसीसीका अध्यक्षको नेपाल भ्रमणले नेपाली क्रिकेटले प्राथमिकता र महत्त्व पाएको बताए । ‘नेपाल सरकारले क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको योजनाका रूपमा निर्माण गर्ने निर्णय गरेर क्रिकेट पूर्वाधारलाई निकै प्राथमिकता दिएको छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘सन् २०२७ को ‘यु–१९ वुमन व्रल्ड कप’का लागि नेपाल सरकारले निकै महत्त्व दिएको छ । आइसीसीबाट पनि महत्त्वपूर्ण सहयोग हुने अपेक्षा गरेका छौँ ।’

अध्यक्ष बार्क्ले नेपालको क्रिकेट क्षेत्रको विकासका लागि आइसीसीले सहयोग गर्ने बताएका थिए । भेटमा नेपाल सरकारका मुख्यसचिव डा बैकुण्ठ अर्याल र नेपाल क्रिकेट सङ्घका पदाधिकारीको सहभागिता थियो । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T