Skip to content

बंगलादेशको चालु खाता सञ्चिति तीन अर्ब अमेरिकी डलरभन्दा बढी

nabil bank

ढाका । बंगलादेशको चालु खाता सञ्चिति सन् २०२३ जुलाईदेखि सन् २०२४ जनवरीसम्ममा तीन अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ । 

बंगलादेश बैंकद्वारा प्रकाशित पछिल्लो तथ्याङ्कअनुसार चालु खाता पुँजीले अघिल्लो आर्थिक वर्ष २०२२र२३ को सोही अवधिमा चार अर्ब ६४ करोड ८० लाख डलरको घाटाको तुलनामा आर्थिक वर्षको पहिलो सात महिनामा तीन अर्ब १४ करोड ८० डलरको जम्मा पुँजी देखाएको छ ।

बंगलादेशले आर्थिक वर्ष २०२२र२३ मा निर्यात र विप्रेषणमा कमजोर वृद्धिको कारण २।६७ अर्ब डलरको चालु खाता घाटा व्यहोरेको थियो । अधिकारीहरूले केन्द्रीय बैङ्कको चालु खाताको रकम तथा भुक्तानीको समग्र पुँजीले जुलाई–जनवरी अवधिमा सकारात्मक प्रवृत्ति कायम राखेको बताएका छन् ।

हालका महिनाहरूमा आयात बिलमा गिरावटको बीचमा निर्यात आय र विप्रेषणकोे आगमन बढेको कारण यो सम्भव भएको उनीहरूको  भनाइ छ । बंगङ्गलादेशले आर्थिक वर्षको पहिलो सात महिनामा १२.८९ अर्ब डलर विपे्रषण प्राप्त गरेको केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको छ ।  

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi