Skip to content

सेयर बजारमा दोहोरो अंकको गिरावट, अधिकांश उपसूचक राताम्मे

nabil bank

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापन गर्ने सूचक ११.२९ अंकले घटेर परिसूचक २५९६.१२ बिन्दु कायम भएको छ ।

३२० कम्पनीको १ करोड ८ लाख ६८ हजार १४६ कित्ता सेयर ५ अर्ब ४१ करोड ६९ लाख ३९ हजार ३५७ रुपैयाँको कारोबार भएको छ । कारोबारमा उत्पादन तथा प्रशोधन समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ ।

कारोबारमा ७७ कम्पनीको मूल्य बढेको छ भने १६५ कम्पनीको मूल्य घटेको छ । बिहीबारको कारोबारमा दुई कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

दरमखोला हाइड्रोपावर र माबिलुङ हाइड्रोको मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै सम्पदा लघुवित्त वित्तीय संस्थाको मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime