भाई अरुण पक्राउपछि बिनोद चौधरीले संसदीय दलको बैठकमा पोखे असन्तुष्टी
काठमाडौँ । सिजी होल्डिङ्सका अध्यक्ष एवम् प्रबन्ध निर्देशक समेत रहेका सहोदर भाई अरुण चौधरी पक्राउपछि नेपाली कांग्रेसका सांसद विनोद चौधरीले असन्तुष्टी व्यक्त गरा छन् । नेपालका एक मात्र डलर अर्बपति चौधरीले आज पार्टीको संसदीय दलको बैठकमा व्यवयासीलाई पक्राउ गरेर सरकारलेप्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाए । सरकारी स्वामित्वको बाँसबारी छालाजुत्ता कारखानाको जग्गा जालसाजी गरेर हत्याएको आरोपमा प्रहरीले बिहीबार अरुण चौधरीलाई पक्राउ गरेको थियो । बैठकमा चौधरीले विसं २०४६ सालमा बोलपत्रमार्फत् छनोट भई जग्गा खदिर गरेको बताएका थिए । “अरुण चौधरी मेरो भाइ मात्रै होइनन्, एक सफल उद्यमी रव्यवसायी पनि हुन् । बाँसबारीको जग्गा नियमपूर्वक नै खरिद भएको हो ।”चौधरीले सरकारले उद्योगी व्यवसायीलाई अपमानित ढंगले पक्राउ गरेको समेत जिकिर गरेका थिए । चौधरी पक्राउले समग्र उद्योग व्यवसायमा आतंक फैलिएकोर हतोत्साही बनाउने काम भएको उल्लेख गरेका थिए ।