Skip to content

बढी पहिरोका कारण ४ राजमार्ग पूर्ण अवरुद्ध, ६ वटा एकतर्फी सञ्चालन

nabil bank

काठमाडौं । देशका विभिन्न स्थानमा आएको बढी पहिरोका ४ वटा राजमार्ग पूर्ण रुपमा अवरोध भएका छन् । नेपाल प्रहरीका अनुसार ६ वटा राजमार्ग भने एकतर्फी रूपमा सञ्चालन भएका छन् ।

प्रहरीका अनुसार यो समाचार तयार पार्दासम्म संखुवासभा जिल्ला कोशी राजमार्ग, पाँचथर जिल्ला फिदिम नगरपालिका–४ र हिलिहँडा गाँउपालिका ७– स्थित मेची राजमार्ग पूर्णरूपमा अवरोध भएको छ ।

प्रहरीका अनुसार रसुवा जिल्ला गोसाइकुण्ड गाँउपालिका–२ स्थित नेपाल, र चीन नाका जोड्ने पुल पूर्ण रूपमा अवरोध भएको छ भने रूकुम पश्चिम जिल्ला अठबिसकोट नगरपालिका–६ रिजिगार स्थित जाजरकोट डोल्पा भेरी करिडोर सडक खण्ड पूर्ण रूपमा अवरोध भएको छ ।

यस्तै काठमाडौं जिल्ला स्थित काठमाडौं–नुवाकोट सडकखण्ड एकतर्फी सुचारू सञ्चालन भएको छ । बागलुङ जिल्ला बागलुङ नगरपालिका–१० दब्ल्याङ स्थित कालिगण्डकी करीडोर एकतर्फी सुचारू भएको छ। नवलपरासी जिल्ला गैडाकोट–३ तरङखोला स्थित कालिगण्की करीडोर एकतर्फी सुचारू भएको छ ।

रोल्पा जिल्ला परिवर्तन गाँउपालिका–५ ग्रामजिम स्थित सहिद राजमार्ग एकतर्फी सुचारू भएको छ । रोल्पा जिल्ला परिवर्तन गाँउपालिका–५ भुर्तिवाङ स्थित सहिद राजमार्ग सुचारू भएको छ ।

यस्तै रोल्पा जिल्ला परिवर्तन गाँउपालिका–५ धामाचोर स्थित सहिद राजमार्ग एकतर्फी सञ्चालनमा रहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime