Skip to content

केही संचालक देश बाहिर हुने भन्दै ङादी ग्रुप पावरले सार्यो साधारण सभा, अब कहिले ?

nabil bank



लगानीन्युज/काठमान्डौ: 
ङादी ग्रुप पावर लिमिटेडको श्रावन ३१ गते बसेको संचालक समितिको बैठकले भाद्र २७ गते बुधवार वार्षिक साधारण सभा गर्ने निर्णय गरेको थियो तर केही संचालकहरु सोही दिन  देश बाहिर हुने भएकाले  कम्पनीले आफ्नो वार्षिक साधारणसभा असोज ४ गते गर्ने निर्णय गरेको छ।
 
साधारण सभामा कम्पनीले आर्थिक वर्ष ७४/७५ को संचित मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत नगद लाभास(कर बाहेक ) दिने प्रस्ताव लैजादै छ। 


 गत आर्थिक वर्ष ३० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय भएको तर सो हकप्रद शेयर निस्काशन नभएकाले आर्थिक वर्ष ७४/७५ मा कायम हुने पुँजीको ३० प्रतिशत हकप्रद शेयर निस्कासनका लागि साधारण सभामामा छलफल हुने छ।  

साधारण सभा प्रयोजनाका लागि  भाद्र १४ गते बुक क्लोज मिति तय गरिएको छ।  भाद्र १३ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउने र नगद लाभास खान प्राप्त गर्ने  छन्।




Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi