Skip to content

फर्स्ट माईक्रो खुद नाफा घट्नुको कारण यस्तो छ , हेरौ कम्पनी विस्लेषण

nabil bank

लगानीन्युज/काठमान्डौ :आर्थिक वर्ष ७५/७६ को पहिलो तीन महिनाको वित्तिय विवरण प्रकाशन गर्नेमा फर्स्ट माईफाईनान्स लघुवित्त वित्तीय सस्था सबै भन्दा अघि भएपनि कम्पनीले प्रथम तीन महिनाको अवधिमा आफ्नो आघिल्लो आर्थिक वर्षको प्रथम त्रैमासको तुलनामा खुद नाफा घटाएको छ।  
आघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २ करोड ४१ लाख खुद नाफा गरेकोमा यस आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २ करोड ३० लाख मात्र खुद नाफा गर्न सफल  भएको छ।  
 प्रमुख आम्दानीको श्रोत खुद व्याज आम्दानीमा आएको गिरावट संगै कम्पनी संचालन मुनाफा संगै खुद नाफापनि घट्न पुगेको हो।  
पुँजी ५० प्रतिशतले वृद्धि भएको र खुद नाफा ४ प्रतिशतले कमी आएकाले कम्पनीको प्रति शेयर आम्दानी ३६ प्रतिशतले कम हुदै १३ रुपैया ४८ पैसा पुगेको छ।  
मंगलबार १ बजे तिर  कम्पनीको बजार मूल्य ३९२  रुपैया रहेकोमा कम्पनीको मूल्य आम्दानी अनुपात २९ गुणा हुन्छ।  मूल्य आम्दानी अनुपातले कम्पनीको बजार मूल्य महङ्गो  रहेको देखाउंछ।  
कम्पनीको कर्जा प्रवाह र सापटी रकममा भने वृद्धि गरेको छ।

    (रकम हजारमा )

नाफा घट्नुको कारण के ?
कम्पनीको व्याज आम्दानीमा वृद्धि देखिएपनि कम्पनीको व्याज खर्चमा निकै ठुलो वृद्धि देखिएकाले कम्पनीको प्रमुख आम्दानीको श्रोत घट्न पुग्यो।  प्रमुख आम्दानीको श्रोत घट्नुले खुद नाफा समेत असर पुगेको छ। 
कम्पनीको कोषको लागत पनि वृद्धि भएको छ।  गत आर्थिक वर्षको प्रथम त्रैमासमा कोषको लागत (Cost of Fund) ९ दशमलव ४४ प्रतिशत  रहेकोमा अहिले यस आवको प्रथम त्रैमासमामा कोषको लागत १० दशमलव ७२ प्रतिशत पुगेको छ।

कम्पनीले आफ्नो व्यापारमा वृद्धि गरे पनि व्याज वृद्धिको मारमा कम्पनीको वित्तिय विवरण त्यति राम्रो आउँन नसकेको प्रस्ट हुन्छ।  
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi