Skip to content

“पुष १७ गते बाट हात हातमा शेयर कारोवार”

nabil bank

लगानीन्युज/काठमान्डौ : नेप्सेको कार्यालयमा लगानीकर्ताको चर्को दवाव पछि नेपाल स्टक एक्सेञ्जले  अनलाइन  कारोवार प्रणालीको मिति तोक्न बाध्य भएको छ।  पूर्ण स्वचालित अन्लाईन कारोवारको नाम दिए पनि अहिलेको सिस्टम धेरै वर्ष अघि आएको सिस्टम भन्दा  “झुर” रहेको सबैले भन्दै आएको छन्। लगानीकर्ताले सजिलै अडर हाल्न नपाउने, अडर ईडिटमा समस्या, अडर डिलिटमा समस्या देखिएपछि लगानीकर्ताको आँखामा रिस देखिनु स्वाभाविक जस्तो नै थियो। 
लगानीकर्ताको दवाव बीच नेप्सेले अन्लाईनको मिति घोषणा गर्न बाध्य भयो। प्रहरी फोर्सको घेरा भित्र बस्दै नेपाल स्टक एक्सेञ्जका प्रमुख कार्यकारी अधिकृतले मंसिर २३ गतेबाट “युजर नेम” र “पासवर्ड” दिने भनेसंगै  लगानीकर्ताहरु आफ्नो आफ्नो गन्तब्य तिर लागेका थिए।
  
त्यसको केही समय पछि नेपाल  स्टक एक्सेञ्जले प्रेस विज्ञप्ति निकाल्दै पुष १७ गते बाट लगानीकर्तालाई अन्लाईन कारोवारमा समावेश गराउने निर्णय गरेको छ। त्यस्तै मंसिर २३ गते बाट ब्रोकर  संग सम्झौता गरेका लगानीकर्तालाई युजर युजर नेम र पासवर्ड दिने कार्यतालिका छ भने मंगसिर १३ गते बाट अनलाईन कारोवार सिक्न लगानीकर्तालाई युजर नेम र पासवर्ड दिने व्यवस्था मिलाइने छ। 
अहिले ५० वटा ब्रोकरमा कारोवार गर्न समस्या देखिएकोमा लगानीकर्ताको हात हातमा पुगे पछि के हुने हो भन्ने  डरको अवस्था सिर्जना भैसकेको छ।

नेप्सेले पुरा गर्न नसक्ने मिति यस अघि धेरै नै घोषणा गरिसकेको छ । यो पटक पुष १७ गते बाट लगानीकर्ताले आफै शेयर किन बेच गर्न पाउने भन्दै गर्दा साहेद लगानीकर्ताको आन्दोलनलाई रोक्न यो गोटी चलिएको हो कि भन्ने एकथरीको अनुमान  छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi