Skip to content

नेपाल स्टक एक्सचेञ्ज ( नेप्से ) को नयाँ युग

nabil bank




सरोज सिग्देल:पछिल्लो दशकमा भएको सूचना प्रविधिको विकास र विस्तार सँगै मानव सभ्यता एउटा नयाँ युगमा प्रवेश गरेको कुरा सबैलाई सर्बाबिधितै छ। नेपालमा पनि यसको प्रभावले र आर्थिक तथा मौद्रिक नीतिमा भएको संशोधन सँगै अनलाइन प्रणाली को विकास ले तीव्रता पाएको छ। त्यसमा पनि बेङ्किङ्ग तथा वित्तिय क्षेत्र त अझै प्रविधिमैत्री हुने होडमा छ। तसर्थ बजारको आवश्यकता लाई महसुस गर्दै नेप्सेले पनि पुरा स्वचालित बेङ्किङ्ग प्रणाली सँगै एकीकृत अनलाइन कारोबारलाई सञ्चालन गर्ने निर्णय गरेको छ।

ब्यबहारिक , नीतिगत समस्या , सीमित सिप ज्ञान र स्रोत का बाबजुद यति छिट्टै सिङ्गो आर्थिक क्षेत्र अनलाइन प्रणाली मा प्रवेश गर्न सफल हुनुलाई नेपालको सम्बद्ध मा कोसे ढुङ्गा मानिएको छ।

 सामान्य भाषामा भन्नुपर्दा अब संसार को कुनै पनि ठाउँबाट अनलाइन मार्फत सजिलै शेयर कारोबार गर्न सकिन्छ।साथ साथै बॆङ्किङ्ग प्रणाली सँगै एकीकृत गरेकाले हजुरले किन्न खोजेको शेयर बापत को रकम बैङ्क खाता बाट झिकिन्छ र बिक्री गरेको रकम पनि तपाईँ को खाता मा आफै जान्छ। विदेश मा बसेर कारोबार गर्ने हरूको लागि यो सामान्य कुरा हुन सक्छ तर नेपाल मा यसको सफल प्रयोगलाई नयाँ युग को संज्ञा दिईएको छ। ब्यबहारिक , नीतिगत समस्या , सीमित सिप ज्ञान र स्रोत का बाबजुद यति छिट्टै सिङ्गो आर्थिक क्षेत्र अनलाइन प्रणाली मा प्रवेश गर्न सफल हुनुलाई नेपालको सम्बद्ध मा कोसे ढुङ्गा मानिएको छ।

शेयर बजारलाई  बुल र बियर बिचको लडाई को सज्ञा दिईन्छ ,तसर्थ यस सम्बन्धी ज्ञान र तालिम लिएर लगानी गर्ने  लगानीकर्ता हरू छोटो समयमा राम्रो प्रगति गरेको देखिन्छ।

अहिले नेप्से परिसूचक घटिरहेको अवस्थामा भएकोले नयाँ लगानीकर्ता प्रवेश गर्न र पुरानालाई थप लगानी गर्न उचित समएमा भएको यो सेवा ले सरकार को एक घर एक शेयर खाता को उदेश्य पूर्तिमा ठुलो मद्धत मिल्ने छ। शेयर बजारलाई  बुल र बियर बिचको लडाई सज्ञा दिईन्छ , तसर्थ यस सम्बन्धी ज्ञान र तालिम लिएर लगानी गर्न लगानीकर्ता हरू छोटो समयमा राम्रो प्रगति गरेको देखिन्छ। बिमा समूह र लघुवित्त समूह तुलनात्मक बढी जोखिम मानिएता पनि बुल्लिश र बीअरीस सिग्नल हरू कुन बिन्दुमा पुगेर परिबर्तन हुन्छ भनेर अनुमान लगाउन सकिदैन ।


यस पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली गर्नु पूर्व लगानीकर्ता हरू ले प्रस्तुत कुराहरूमा ध्यान दिनु पर्छ। 

१) लगानीकर्ता ले ब्रोकरको मा खाता खोल्ने वा भएको खाता ( KYC) अधाबधिक गर्ने।

२) हितग्राही खाता सम्बन्धी विवरण अधाबधिक गर्ने
३) एक हिताग्राही खाता सँग एउटा मात्र कारोबार खाता आबद्ध गर्ने।
४) नेप्से ले तोकेको राफसाफ बैङ्क मा कारोबार का लागि अलगै खाता खोलि ब्रोकर सँग रकमान्तर गरिने ब्यबस्ता गर्ने।
५) ब्रोकर लाई अनिवार्य रूपमा आफू ले चलाउने इमेल आइडी उपलब्ध गराउने।
६) ब्रोकर कार्यालय मा गई अनिवार्य रूपमा तोकेको कारोबार सदस्य-ग्राहक सम्झौता गर्ने।
७) कारोबार बाट बाकी रकम बेङ्किङ्ग प्रणाली मार्फत फिर्ता लिन ब्रोकरलाई अनुरोध पठाउने र २४ घण्टा भित्र रकम भएको सुनिश्चितता गर्ने
८) हिताग्राही खाता रहेको Free Balance मात्र बिक्री गर्न सकिने।
९) बिक्री कारोबार भएको भोलि पल्ट बिक्री बमोजिम को (EDIS) ब्रोकर लाई उपलब्ध गराउने।

अनलाइन प्रणाली उपयोग गरी स्वदेश तथा विदेश मा बसोबास गर्ने र आफू सँग भएको सानो बचत लाई लगानीको रूपमा उपयोग गर्ने मार्ग प्रस्तुत गरेको छ। विदेशमा रहनु भएकाका लागि त अझै डलर को उच्च विनिमय दरको पनि फाइदा उठाउन सक्छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi