Skip to content

नेपाली पुँजीबजार लगानीकर्ता संघको सक्रियता वृद्धि हुँदै; धादिङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न


लगानीन्युज/काठमान्डौ: पुष २० गते शुक्रबार नेपाल पुँजी बजार लगानीकर्ता संघले धादिङबेसीमा “वर्तमान शेयर बजारका अवसर र चुनौतीहरु” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। प्रमुख जिल्ला अधिकारी श्री भागीरथ पाण्डे प्रमुख आतिथि रहेको कार्यक्रम धादिङ उद्योग वाणिज्य संघको सभाहलमा  संचालन भएको थियो।
पुँजी बजार विकास र विस्तारको लागि राधा पोखरेल अध्यक्ष रहेको नेपाल पुँजी बजार लगानीकर्ता संघ राजधानी बाहिर अन्तरक्रिया कार्यक्रम गर्दै आएको छ। 
“सातै प्रदेशमा अन्तरक्रिया कार्यक्रम गर्ने लक्ष्यका साथ नेपाल पुँजी बजार लगानीकर्ता संघ अघि बढेको छ ” अध्यक्ष राधा पोखरेलले लगानीन्युज संग कुरा गर्दै भन्नु भयो। 
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T