Skip to content

इसेवाको लिंक एकाउन्टबाट कारोबार गर्दा प्रनिश अधिकारीले जिते १ लाखको शपिङ भौचर

nabil
global ime

काठमाडौं । इसेवाको मेगा लिंक मेनिया अफर अन्तर्गत बैंक वा सहकारी खाता इसेवामा लिंक गरी कारोबार गर्दा प्रनिश अधिकारीले एक लाखको शपिङ भौचर जित्न सफल भएका छन्। यस अफरमा सहभागी भएका प्रयोगकर्तामध्ये प्रनिश अधिकारी इसेवाको आधिकारिक फेसबुक पेजमा भएको लाइभ मार्फत भाग्यशाली विजेता घोषित भएका हुन्। विजेता अधिकारीलाई मंगलबार नै उक्त  शपिङ भौचर हस्तान्तरण गरेको छ । 

इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले भाग्यशाली विजेता प्रनिश अधिकारीलाई उक्त शपिङ भौचर हस्तान्तरण गरे । 

 विजेता प्रनिश अधिकारीले इसेवामा छिमेक लघुवित्तको खाता लिंक गरी कारोबार गर्दा सो उपहार जित्न सफल भएका हुन् । 

शपिङ भौचर हस्तान्तरण गर्दै चिफ बिजनेस अफिसर गौतमले आगामी दिनमा पनि इसेवाले यस्तै किसिमका नयाँ अफरहरू सार्वजनिक गर्दै जाने बताए । 

 

 चिफ बिजनेस अफिसर गौतमले अफर अवधि सकिए पनि, सबै इसेवा प्रयोगकर्तालाई सजिलो तथा छिटो कारोबारका लागि इसेवा वालेटमा आफ्नो बैंक तथा सहकारीको खाता लिंक गरी कारोबार गर्नका लागि सुझाव दिए । 

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले भाद्र २० देखि कार्तिक ३ गतेसम्म मेगा लिंक मेनिया अफर सञ्चालन गरेको थियो । यस अफरमा इसेवा एकाउन्टमा लिंक गरिएको बैंक वा सहकारी खाता मार्फत भुक्तानी गर्दा  बम्पर उपहार बाहेक दैनिक, साप्ताहिक र मासिक आधारमा आकर्षक पुरस्कार जित्न सकिने अफर समावेश थिए । 

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ८० लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका दुई लाख भन्दा बढि एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा बढी जनसंख्याले सेवा लिइरहेका छन् । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima