Skip to content

आठौं रियल इस्टेट एक्स्पो काठमाडौं शुरु, सस्तो मूल्यमा काठमाडौंमा घर खोज्नेलाई विकल्प

nabil
global ime

काठमाडौं । आठौं रियल इस्टेट एक्स्पो काठमाडौंमा बिहीबारदेखि शुरु भएको छ । नेपाल जग्गा तथा आवास विकास महासंघ प्रवर्धक, नेपाल जग्गा तथा आवास विकास संघ मुख्य आयोजक र भक्तपुर जग्गा तथा आवास विकास संघ समेत सह–आयोजक भई आयोजना गरिएको “आठौं रियल इस्टेट एक्स्पो”को समुद्घाटन काठमाडौंको भृकुटीमण्डपस्थित प्रर्दशनी हलमा भूमि व्यवस्था, सहकारी तथा गरीवी निवारण मन्त्री  रन्जिता श्रेष्ठ चौधरीले गरिन् । 

उक्त अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरीवी निवारण मन्त्री श्री रन्जिता श्रेष्ठ चौधरीले यस संघबाट प्रकाशित “आवास स्मारिका—२०८०”नामक स्मारिकाको विमोचन समेत गरिन् । 

यस घरजग्गा मेलाले आगामी दिनमा घरजग्गा कारोबार र विकासको क्षेत्रमा महत्वपूर्ण योगदान पुग्न गई अर्थतन्त्र चलायमान बनाउन समेत सहयोग पुग्नेछ भन्दै सबै सरोकारवाला तथा सहभागीहरुको सामुहिक प्रयास, समर्पण, समन्वय र सहयोगबाट आयोजित यस एक्स्पोले मुलुकको रियल ईस्टेट क्षेत्रमा अपार सम्भावना रहेको पुष्टि गरेको विचार व्यक्त गरे । 

साथै भूमि व्यवस्था मन्त्रालयको अधिकार क्षेत्र अन्तर्गत पर्ने विषयमा मन्त्रालयले निरन्तररुपमा कानूनी सुधारका कार्यहरु गर्दै आएको तथ्य प्रस्तुत गरे । 

सोही क्रममा माननीय मन्त्रीले भू—उपयोग ऐन, २०७६ लाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न नेपाल सरकारबाट जारी भएको भू—उपयोग नियमावली, २०७९ मा पहिलो संशोधन गरी कित्ताकाट प्रकृयालाई सहजीकरण गरिएकोले यसले रियल ईस्टेट क्षेत्रको विकासमा महत्वपूर्ण प्रभाव पार्ने बताए  । ठूला ठूला रियल ईस्टेट परियोजनाहरु संचालन गरी व्यवस्थित शहरीकरण तथा बस्ती विकासको कार्यलाई सहज गर्न हालको जग्गाको हदबन्दी समस्यालाई सम्बोधन गर्नेतर्फ मन्त्रालय प्रयत्नरत रहेको कुरा व्यक्त गर्दै सोका लागि आवश्यक पहल भईरहेको कुरा जानकारी गराए । 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्री राजेन्द्र मल्लले मेलाको सफलताको शुभकामना मन्तब्य राख्दै नेपालमा हाल विद्यमान रहेको जग्गा हदबन्दीको व्यवस्थालाई हटाईनु पर्ने, रियल ईस्टेट व्यवसायमा बैंक तथा वित्तीय संस्थाहरुले कर्जा लगानी जोखिम भारको व्यवस्थालाई सत प्रतिशत नै कायम गर्नुपर्ने, जसले गर्दा देशको अर्थतन्त्र चलायमान भई लगानीमैत्री वातावरण सिर्जना हुने भनाई राखे । 

नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाले समारोहमा उपस्थित प्रमुख अतिथि, विशेष अतिथि, विशिष्ट अतिथि, नेपाल जग्गा तथा आवास विकास महासंघ र विभिन्न जिल्ला संघबाट प्रतिनिधित्व गरी उपस्थित हुनु भएका प्रतिनिधिहरु, यस संघका कार्य समितिका पदाधिकारी एवं सदस्यहरु, सल्लाहकारहरु, आमन्त्रित अन्य अतिथि महानुभाव तथा पत्रकारहरुलाई कार्यक्रममा सहभागिताको लागि धन्यवाद व्यक्त गर्दै यस मेलाले प्रदर्शकहरुले घर घडेरीका नवीनतम् उत्पादनहरु प्रदर्शन गर्ने र उपभोक्ता तथा अवलोकनकर्ताहरुले नेपाली रियल ईस्टेट व्यवसायको वास्तविक स्थिति, यसका उत्पादनको सही छनोट तथा समुचित मूल्यका बारेमा समेत यस प्रदर्शनीबाट प्रयाप्त जानकारी लिन सक्ने भनाई राखे । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima