Skip to content

एनसेलको स्वामित्व परिवर्तनको बारेमा छानबिन समितिको प्रतिवेदनपछि निर्णय हुन्छः सञ्चारमन्त्री शर्मा

nabil
global ime

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेलको सेयर खरिद बिक्रीबारे अध्ययन तथा छानबिन समितिको प्रतिवेदनपछि मात्र आवश्यक निर्णय लिने बताएकी छन् । 

प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री शर्माले छानबिन समितिको काम अन्तिम चरणमा रहेको जानकारी दिइन् । 

‘छानबिन समितिले अहिले काम गरिरहेको छ,समितिको प्रतिवेदन आएपछि सरकारले आवश्यक पर्ने निर्णय लिन्छ,’मन्त्री शर्माले भनिन्,‘खरिदबिक्री नियम अनुसार नभएमा रद्द हुने छ।’

सरकारले एनसेलको स्वामित्व परिवर्तनको विषयमा छानबिन गर्नको लागि पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा समिति गठन गरेको थियो । 

बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेलले सेयर खरिद बिक्रीको लागि प्राधिकरणसँग स्वीकृति नलिएको जानकारी दिए । 

नेपाल बाहिर कारोबार भएपनि प्राधिकरणको विनियमावली अनुसार सेयर खरिदबिक्रीको लागि प्राधिकरणको स्वीकृति लिनुपर्ने नियम भएपनि अहिलेसम्म नलिएको जानकारी बैठकमा दिए । 

एनसेलमा रहेको ८० प्रतिशत स्वामित्व मलेसियाको आजियटाले बिक्री गरेको बाहिरिएको छ । सो सेयर नेपाली मुलका सिंगापुरका नागरिक शतिषलाल आचार्यले युकेमा दर्ता भएको कम्पनी मार्फत किनेका हुन् । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima