Skip to content

मौलिक भान्छाघर मौलिक उत्पादन र चौरासी व्यञ्जन मेला २०८० आयोजना गर्ने

काठमाडौं ।  ‘बसे पनि शहर, गाउँ कैँ खाने रहर, स्वादका लागीभन्दा स्वास्थ्यका लागि खाऔँ’ ७ प्रदेश–७ परिकार, ७ पन्छी – ७ स्वाद, ७ संस्कृति–७ पहिरन, सातै दिन सांस्कृतिक साँझको व्यवस्था हुनेगरी काठमाडौंको बुढानिलकण्ठ –१० कपन, आकाशेधारा नजिक गैह्रीगाउँमा मौलिक बजार तथा मौलिक भान्छाघर सञ्चालन भइरहेको छ । 

यस मार्फत हामीले अर्गानिक फार्म, पशुपन्छी फार्म, फार्मस्टे, एक स्थानीय तह, एक उत्पादन ब्रान्डिङ गर्न प्रशोधन तथा ब्रान्डिङ उद्योग, ७५३ वटै स्थानीय तहहरुमा खरिद बिक्री केन्द्र सञ्चालन गर्ने उद्देश्य अनुरुप मौलिक बजार तथा मौलिक संग्राहालय साथै देशभित्रका मौलिक चाडपर्व, संस्कृति र रैथाने परिकारको प्रवद्र्धन गर्न ७ प्रदेश विशेष मौलिक परिकार तथा चौरासी व्यञ्जनको मेनु सहित मौलिक–भान्छाघर तथा सांस्कृतिक हल समेतको मौलिक परियोजना सञ्चालनमा ल्याइएको छ । 

मौलिक चाडपर्व, संस्कृति र मौलिक परिकारहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्वन गर्ने जैविक विविधता दिवस तथा माघे संक्रान्तिको अवसरमा मौलिक बजार तथा मौलिक भान्छाघरमा आगामी माघ १ गते देखी ७ गते सम्म २००० भन्दा बढी आगन्तुक भित्राउने लक्ष्य सहित मौलिक उत्पादन र चौरासी व्यञ्जन मेला आयोजना गर्ने भएको छ । 

यस कार्यक्रममा माघे संक्रान्ति तथा ७ प्रदेश विशेष परिकार र ८४ व्यञ्जनका साथै सांस्कृतिक कार्यक्रमको साथमा सातै प्रदेशका स्थानिय पालिकाको उत्पादनको स्टल र ४२ व्यञ्जनको बुफेट समेत रहने छ  ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T