काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड आइतबार र सोमबार दुई दिन बन्द नहुने भएको छ । माघे संक्रान्ति पर्वलाई लक्षित गरी आज र भोलि सडक खुला गरिएको मुग्लिन–नागढुंगा आयोजना (पश्चिम खण्ड)का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले जानकारी दिए ।
सो सडकखण्डमा पर्ने निर्माणाधीन पुलहरूमध्ये बाँकी रहेको तुइन खोलामा पुलको जग र एप्रोच सडकको कडा चट्टानी पहाड फुटाउन दिउँसोको समयमा सडक बन्द गरिएको थियो ।
दोस्रो चरणअन्तर्गत आजदेखि माघ २० गतेसम्म सडक बन्द गराएर निर्माणको काम गर्ने जनाएको थियो । गत पुस ७ गतेदेखि तीन साताका लागि दिउँसो समयमा ४ घण्टा सडक बन्द गरेर काम गरिँदै आएको थियो । सो समयमा पनि काम नसकिएपछि पुनः समय थप गरी काम गरिएको कार्यालयले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्