काठमाडौं । नेपाल राष्ट्र बैंकको ७१ औं वार्षिकोत्सवको अवसरमा कर्मचारीहरुले गभर्नर प्रा.डा विश्वनाथ पौडेललाई कालो ब्यान देखाएरका छन् । आज आयोजित वार्षिकोत्सव कार्यक्रमलाई कर्मचारीले बहिस्कार गरेका छन् ।
केन्द्रीय बैैंकका गभर्नरलाई आफ्ना माग राख्द माग पुरा गर्नु भन्दा पनि बढी समय देश, विदेश घुम्ने, कात्तिकदेखि रोकिएको कर्मचारीको बढुवा विभिन्न बाहना बनाएर रोक्ने, गर्नुपर्ने काममा ध्यान नदिने, जति पटक आफ्ना माग राखेपनि हामी हेर्दैछौ भनेर टार्ने, बढी समय कार्यालयमा हुनु भन्दा पनि बाहिर मात्रै हुने, कार्यालयमा भेटन नपाएपछि आज विरोध गर्नुपरेको कर्मचारीको भनाइ छ ।

कर्मचारीको हितमा काम नगरेको भन्दै आजको कार्यक्रम बहिस्कार गर्नु परेको राष्ट्र बैंक कर्मचारी संघले जनाएको छ । बार्षिकोत्सवको दिनमा यसरी गेटमा कालो ब्यानर देखाएर विरोध गर्नुपर्दा मन नै अमिलो भएको राष्ट्र बैंक कर्मचारी संघकी निवर्तमान अध्यक्ष गिता पोखरेल लम्सालले बताइन् । ‘आज हामी सबैको दिन हो’ उनले भनिन् ‘हामीले चाहेर होइन, बाध्यताले कार्यक्रम बहिस्कार गर्नुपरेको हो ।’
यसअघि पनि कर्मचारीको विषयमा गभर्नरलाई पटक पटक जानकारी गराउँदा कर्मचारीको समस्या समाधान गर्नु भन्दा पनि विदेश भ्रमणमा रमाउने, ध्यानाकर्षण गराउँन जाँदा हामी गम्भिर भएका छौ, माग पुरा हुन्छ भनेर झुलाउने काम भएको पोखरेलको भनाइ छ ।
‘हामीले पटक पटक अल्टिमेटम दिएको हो’ उनले भनिन् ‘केही विकल्प नभएपछि सांकेतिक विरोध स्वरुप आज कालो ब्यानर देखाएका हौ ।’
आगामी दिनमा यस्तो अवस्था आउन नदिन, कार्यालयमा काममा बढी गम्भिर हुन गभर्नरलाई पोखरेलको सुझाव छ ।













प्रतिक्रिया दिनुहोस्