Skip to content

‘एनआईबिएल म्युचुअल फण्ड’ अन्तर्गत ‘एनआईबिएल स्टेवल फण्ड’ को सार्वजनिक निश्कासन

nabil bank

काठमाडौं ।  नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड, कोष प्रबद्र्धक तथा एनआइएमबि एस क्यापिटल लि योजना ब्यवस्थापक तथा डिपोजिटरी रहेको ‘एनआईबिएल म्युचुअल फण्ड’ अन्तर्गत संचालन हुने छैठौं योजना ‘एनआईबिएल स्टेवल फण्ड’  को सार्वजनिक निश्कासन मंगलबारदेखि शुरु हुने भएको छ । 

योजनाको आकार एक अर्ब रहेको छ भने यो सबैभन्दा लामो अवधि भएको बन्दमुखी योजना हो । 

योजनाको अवधि भर यस योजनाले बार्षिक प्रतिफलको रुपमा १६.१८ प्रतिशत प्रतिफल आफ्ना इकाईधनीहरुलाई दिन सक्ने प्रक्षेपण समेत गरेको छ । 

योजनाको सार्वजनिक निश्कासन माघ २ देखि शुरु भएर छिटोमा माघ ५ र ढिलोमा माघ १६ गते बन्द हुने कम्पनीले जनाएको छ । 

योजनामा न्यूनतम एक हजारदेखि बढीमा १० करोडसम्म लगानी गर्न पाइने छ । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi