Skip to content

निर्माण व्यवसायीलाई रकम भुक्तानी गर्न प्रधानमन्त्रीको निर्देशन

nabil bank

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले निर्माण व्यवसायीलाई सरकारका तर्फबाट भुक्तानी गर्नुपर्ने रकम तत्काल भुक्तानी गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीको कार्यकक्ष 

सिंहदरबारमा हिजो भएको छलफलपछि उक्त निर्देशन दिनुभएको हो । 

अर्थमन्त्री डा प्रकाशशरण महत, भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, मुख्यसचिव डा बैकुण्ठ अर्याल, अर्थसचिव डा कृष्णहरि पुष्कर, भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालसहितको छलफलपछि  भुक्तानीको प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो ।

छलफलमा प्रधानमन्त्रीले निर्माण व्यवसायीको गत आर्थिक वर्षकै भुक्तानी गर्न बाँकी रु एक अर्ब ७१ करोड र चालु आवको अहिलेसम्मको दायित्व गरी रु ६ अर्ब ३० करोड तत्काल निकासा गरेर विकास निर्माणका काममा गति दिन अर्थ मन्त्रालयलाई निर्देशन दिएको दिएको जनाइएको छ । 

प्रधानमन्त्रीको निर्देशनपछि भएको छलफलमा अर्थ मन्त्रालयले आजै भुक्तानीको प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो । यो निर्णयसँगै विकास निर्माणका कामले गति लिने र अर्थतन्त्र थप चलायमान हुने अपेक्षा गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi