Skip to content

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की नियुक्त

काठमाडौं । सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्कीलाई नियुक्त गरेको छ । 

कोषका कार्यकारी निर्देशक रमण नेपालको कार्यकाल सकिएपछि कार्यकारी निर्देशक छनोटको लागि समिति गठन भएको थियो । जसमा अन्तिम पाँचजनामा कार्की सहित राजेन्द्र पण्डित, लेखनाथ शर्मा पंगेनी, विश्वमोहन अधिकारी र डा शिवहरी श्रेष्ठ रहेका छनोट भएका थिए । 

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले बताइन्।

यस्तै सरकारले गंगालाल ह्रृदय रोग केन्द्रको प्रमुखमा डा रवी मल्ललाई नियुक्त गरेको छ । 

आर्थिक कार्यविधि तथा वित्तीय उत्तदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गर्न राष्ट्रपतिकहाँ सिफारिस पठाउने निर्णय भएको शर्माले बताइन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi