Skip to content

आइएमई पे एपमा १ रुपैयाँको खेल– उपहारमा अल्टिमा लाइफस्टाइलको उपकरणहरू

nabil
global ime

 

काठमाडौं । आइएमई पेले माघ महिनादेखि आफ्नो एपमा ‘अहिले नखेले कहिले’ नामक १ रुपैयाँको खेल सार्वजनिक गरेको छ।

आफ्नो एपभित्र विभिन्न किसिमको खेल गर्दै आइरहेको आइएमई पेले यस संस्करणमा अल्टिमा लाइफस्टाइलसँग आवद्ध भई  १ रुपैयाँ खेल सुरू गरेको हो। खेलको उपहार स्वरूप १० वटा अल्टिमाको उपकरणहरू राखिएको छ।

आइएमई पे एपका प्रयोगकर्ताहरूले १ रुपैयाँमा आफूलाई मनपर्ने प्रडक्ट छनौट गर्दै यो खेल खेल्न सक्छन्। यसका साथै आइएमई पेमार्फत बजारमा हालै सार्वजनिक ‘अल्टिमा बुम १६१ क्यू’ खरिद गर्दा विशेष छुट पाइने कम्पनीले जनाएको छ।

प्रयोगकर्ताहरूले दराज एपमार्फत माघ ४ गतेदेखि माघ ८ गतेसम्म अल्टिमा बुम १६१ क्यू खरिद गर्दा आइएमई पेबाट भुक्तानी गर्दा १५ प्रतिशत अतिरिक्त छुट (१ सय ५० रुपैयाँसम्म) प्राप्त गर्न सक्नेछन्। 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima