Skip to content

राष्ट्र बैंकद्वारा मनीचेञ्जर कारोबार गर्ने ५ कम्पनीको लाइसेन्स खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ वटा मनीचेञ्जरको इजाजतपत्र लाइसेन्स रद्द गरेको छ । सोमबार बैंकले  एक सूचना प्रकाशन गर्दै मनिचेञ्जर कारोबार गर्न लाइसेन्स प्राप्त गरी नवीकरण नगरेका ५ वटा कम्पनीको लाइसेन्स रद्द गरेको हो।

बैंकका अनुसार बसन्तपुर काठमाडौंको फेयर मनी एक्स्चेञ्ज प्रालि, कैलाश मनी एक्स्चेञ्ज प्रालि क्षेत्रपाटी, तौमढी भक्तसुरको न्यातपोल मनी एक्स्चेञ्ज प्रालि,  ग्रेस मनी एक्स्चेञ्ज प्रालि गोसाइँकुण्ड रसुवा, रुट नेपाल मनी एक्स्चेञ्ज प्रालि लालदरबार काठमाडौंलाई इजाजतपत्र रद्द गरेको बैंकले जानकारी दिएको छ ।

मनीचेञ्चर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौंथो संशोधनसहित) को विनिमय १९ को उप विनियम (३) बमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले लाइसेन्स रद्द गरिएको राष्ट्र बैंकले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T