Skip to content

नेप्से परिसूचक मंगलबार ३०.५६ अंकले घट्यो, कारोबार ४ अर्ब ६६ करोड

nabil bank

काठमाडौं ।  नेप्से परिसूचक मंगलबार ३०.५६ अंक घटेर २०७०.५९ विन्दुमा झरेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ५.९९ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९५ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन साढे ३ अर्बको सेयर कारोबार भएको बजारमा यस दिन ३०५ स्टकको ८२ हजार ८९९ पटकको कारोबारमा ४ अर्ब ६६ करोड ७१ लाख ७९ हजार रुपैयाँ बराबरको १ करोड २१ लाख ६५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज तीन स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बोटलर्स नेपाल ९बालाजु०, समाज लघुवित्त र सुपर माइ हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, आज जोशी हाइड्रोपावरको सेयरमूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ। कारोबारमा आएको गुराँस लघुवित्तको सेयरमूल्य यस दिन सर्वाधिक ९.७० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३२ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime