Skip to content

भुजुङ्ग हाइड्रोपावरको आईपीओमा आजसम्म आवेदन दिन पाउने

काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले माघ १२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (माघ १५ गते) अन्तिम दिन रहेको छ। कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सेयर निष्काशन गरिसकेको छ ।कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँको २० लाख कित्ता सेयर निष्काशन गरेको हो । जसमा १० लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय, १ लाख कित्ता सेयर साधारणका लागि निष्कासन गरेको छ ।

यस्तै कम्पनीका कर्मचारीलाई २० हजार कित्ता, सामूहिक लगानी कोषका लागि ५० हजार कित्ता सेयर निष्कासन गरेको छ । अब बाँकी रहेको ८ करोड ३० लाख रुपैयाँको ८ लाख ३० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने छ । आईपीओमा माघ १५ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा माघ २६ गतेसम्म आवेदन दिन सकिने छ ।

यसको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन पाउनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima