Skip to content

सेयर बजारमा दोहोरो अंकको गिरावट, लगानीकर्ताको ध्यान हाइड्रोपावरमा

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापन गर्ने सूचक १७.५३ अंकले घटेर परिसूचक २७१४.०५ बिन्दु कायम भएको छ ।

३२० कम्पनीको ३ करोड ५४ लाख ७७ हजार ९३९ कित्ता सेयर १४ अर्ब ५६ करोड ३१ लाख ३८ हजार ८५६ रुपैयाँमा कारोबार भएको छ । कारोबारमा जलविद्युत, लगानी समूहको उपसूचमा सामान्य बढोत्तरी भएको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ ।

कारोबारमा ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १७० कम्पनीको मूल्य घटेको छ । आज भएको कारोबारमा हिमाल दोलखा हाइड्रोपावर, शिव श्री हाइड्रोपावर, कालिका पावर, रावा इनर्जी, शुभम पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् भने कर्पोरेट डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा नकारात्म सर्किट लागेको छ ।

आज कारोबार रकमका आधारमा ङादी पावर कम्पनी पहिलो स्थानमा छ । कम्पनीको ५९ करोड ९९ लाख १४ हजार रुपैयाँको कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा एसवाई प्यानल र युनाइटेड मोदी हाइड्रोपावर रहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T