Skip to content

साताको अन्तिम दिन नेप्से र कारोबार रकम दुवै घट्यो

nabil bank

काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १४.४६ अंक घटेर २०६२.०३ विन्दुमा झरेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ३.७१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९२ अंक र सेन्सेटिभ इण्डेक्स १.२१ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। बुधबारको कारोबार दिन ४ अर्बभन्दा बढीको सेयर कारोबार भएको बजारमा यस दिन ३०५ स्टकको ८१ हजार ५६ पटकको कारोबारमा ३ अर्ब ८६ करोड ९१ लाख रुपैयाँ बराबरको १ करोड १४ लाख ७ हजार कित्ता सेयर खरिद बिक्री भएको छ।

आज बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्तको सेयर १० प्रतिशत बढेर कारोबार भएको हो। त्यस्तै, यस दिन छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने जोशी हाइड्रोपावरको करिब साढे ७ प्रतिशत बढेको छ। कारोबारमा आएको मैलुङ्ग खोला जलविद्युत कम्पनीको सेयरमूल्य आज सर्वाधिक ५.७० प्रतिशत घटेको छ।

१३ उपसमूहमध्ये आज एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.१५ प्रतिशत बढेको हो। बुधबार सर्वाधिक बढेको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.७१ प्रतिशत घटेको छ। त्यस्तै, विकास बैंक र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime