Skip to content
Prabhu

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५५ ग्राम सुनसहित भारतीय नागरिक अब्दुल रफार पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५५ ग्रामसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका सरिफ अहमद अब्दुल रफार छन् । 

दुबईबाट काठमाडौंमा ओर्लेका उनलाई ८५५ ग्राम तरल सुनसहित पक्राउ गरिएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ  ।

तरल सुन तीनवटा क्याप्सुल आकार बनाएर रफारले लुकाएर ल्याएको भेटिएको छ । सुन कभर गरेको र्‍यापरसहित उनले ल्याएको सुनको तौल ८५५ ग्राम छ । आरोपीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal