Skip to content

घोराही सिमेन्टको बिक्री आम्दानी बढेपछि नोक्सानी घट्यो, इपीएस ऋणात्मक

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले प्रकाशित गरेको छ। उक्त कम्पनीको विवरण अनुसरा खुद नोक्सानी अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा घटेको छ।

अघिल्लो आर्थिक वर्ष १ अर्ब ४४ करोड रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनीले गत आर्थिक वर्ष ६६ करोड नोक्सानी व्यहोरेको छ। कम्पनीको बिक्री आम्दानी घटेसँगै खुद नोक्सानी घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी १२.७९ प्रतिशत बढेर ५ अर्ब ५ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल नाफा २३२.५४ प्रतिशत बढेको छ। कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा १७.१० प्रतिशत बढेर ८९ करोड २० लाख रुपैयाँ पुगेको छ।

४ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ अर्ब ४ करोड रुपैयाँ सञ्चित छ। गत असार मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४६ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ४७ पैसा रहेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima