Skip to content

नेप्से ६.४६ अंकले घट्यो, कारोबार रकम २ अर्ब २४ करोड

nabil bank

काठमाडौं । नेप्से परिसूचक बुधबार ६.४६ अंकले घटेर २०२६.५९ विन्दुमा झरेको छ । कारोबार रकम २ अर्बमा नै सीमित भएको छ। आज २ अर्ब २४ करोड १९ लाख ६१ हजार ७९९ रुपैयाँ बराबरको ६३ लाख ४१ हजार १७४ कित्ता सेयर खरिदबिक्री भएको छ।

कारोबारमा आएका १३ उपसमूहमध्ये उत्पादन प्रशोधन बाहेक अन्य सबै उपमूहको सूचक नकारात्मक देखिएको छ। बुधबार हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै ०.८८ प्रतिशतले घटेको छ।

बुधबार बोटलर्स नेपाल (बालाजु), हिमालयन उmर्जा र समाज लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने बोटलर्स नेपाल९तराई० को ९.९९ प्रतिशत, आत्मनिर्भर लघुवित्तको सेयरमूल्य ८.५० प्रतिशतले बढेको छ।

यता पिपुल्स हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ७.८४ प्रतिशतले घटेको छ भने हिमालयन हाइड्रोपावरको ४।२६ प्रतिशत र त्रिशूली जलविद्युतको सेयर मूल्य ४.०५ प्रतिशतले घटेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime