Skip to content

अख्तियार दुरुपयोग आयोगद्वारा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चङ्खेली गाउँपालिकाका तत्कालीन निमित्त प्रशासकीय अधिकृत, इन्जिनियर, वडाध्यक्षसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सो गाउँपालिकाको वडा नं ३ स्थित मिमी वडा कार्यालयको फिल्ड निर्माण योजनामा अनियमितता गरेको पाइएपछि आयोगले आज मुद्दा दायर गरेको हो । आयोगले तत्कालीन निमित्त प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रुद्रबहादुर वली, असिस्टेन्ट सबइन्जिनियर हर्कधन बुढा, तत्कालीन उपभोक्ता समितिका अध्यक्ष गोर्ख बुढा, सचिव मानबहादुर ऐडी, कोषाध्यक्ष डिल्ली बुढाविरुद्ध  ११ लाख ९४ हजार चार सय २६ रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।

यस्तै आयोगले वडा नं ३ का वडाध्यक्ष शालिग्राम ऐडीविरुद्ध पनि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi