Skip to content

बिहीबार नेप्से २०.७६ अंकले घट्यो, कारोबार रकम ३ अर्ब २० करोड

nabil bank

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। बिहीबार नेप्से परिसूचक २०.७६ अंक घटेर २००५.८३ विन्दुमा झरेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ३.४९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२२ अंक घटेको छ।

नेप्से घटे पनि  कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन २ अर्ब २४ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०९ स्टकको ७७ हजार ८३३ पटकको कारोबारमा ३ अर्ब २० करोड ६१ लाख रुपैयाँ बराबरको ९५ लाख १८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

समाज लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। उक्त लघुवित्तको सेयरमूल्य यस दिन १९७ रुपैयाँ ८० पैसा बढेर २ हजार १७६ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ। कारोबारमा आएको जोशी हाइड्रोपावर र सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य भने यस दिन करिब १० प्रतिशत बढेको छ। 

१३ उपसमूहमध्ये आज दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.१४ प्रतिशत र वित्त उपसमूहको ०.३३ प्रतिशत बढेको हो। 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime