Skip to content

१४ किलो सुन प्रकरणमा मुछिएका कलेज सञ्चालक जीवनकुमार गुरुङ पक्राउ

 

काठमाडौं ।  केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले १४ किलो सुन तस्करीमा मुछिएका जीवनकुमार गुररुङलाई सोमबार बिहान पक्राउ गरेको छ।

काठमाडौंको सामाखुसीबाट सोमबार बिहान उनलाई पक्राउ गरेको सीआइबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिए। उनी प्लाटिनम कलेजका सञ्चालकसमेत हुन्। गुरुङलाई भन्सार कार्यालयको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

अनुसन्धानमा विमानस्थलमा १४ किलो सुनसहित पक्राउ परेका चन्द्र घले र घलेले पोलेका मीनबहादुर घलेलाई जीवनकुमारले परिचालन गरेको खुलेको थियो । पर्वत स्थायी घर भएका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए।

स्रोतका अनुसार उनको र मीनबहादुर घलेबीच बारम्बार कुराकानी भएको प्रमाण फेला पारेको छ। भन्सार कार्यालयले उनीसँगै थप केही व्यक्तिहरूमाथि पनि अनुसन्धान गरिरहेको छ। 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T