Skip to content

‘ए’ ग्रेडका खेलाडीले मासिक तलब १ लाख पाउने

nabil bank

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले ‘ए’ ग्रेड मा पर्ने पुरुष खेलाडीलाई मासिक तलब  एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । यही फागुन १२ र १४ गते बसेको क्यानको केन्द्रीय कार्यसमितिको बोर्ड बैठकले पुरुषतर्फ ‘ए’ ग्रेडमा पर्ने खेलाडीलाई मासिक रु एक लाख तलब दिने निर्णय गरेको हो । ‘ए’ ग्रेडमा छ जना खेलाडी पर्न सफल भएका छन् । 

बैठकले पुरुषतर्फ ‘बी’ ग्रेडमा पर्ने खेलाडीलाई  ७० हजार रुपैयाँ, ‘सी’ ग्रेडलाई  ५५ हजार रुपैयाँ, ‘डी’ ग्रेडलाई  ३५ हजार रुपैयाँ तथा इमर्जिङ समूहमा पर्नेलाई २५ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो । 

‘ए’ ग्रेडमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलसहित सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल छन् । त्यसैगरी ग्रेड ‘बी’मा कुशल मल्ल, गुलशन झा, भीम सार्की, ललित नारायाण राजवंशी र अभिनाश बोहोरा छन् । ग्रेड ‘सि’मा विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिश जिसी छन् । 

ग्रेड ‘डी’मा पवन सर्राफ, सागर ढकाल, अनिल शाह, विवेककुमार यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ छन् भने इमर्जिङ समूहमा दीपेश कँडेल, रुपेश सिंह, रिजन ढकाल, विपिन खत्री, देव खनाल, अर्जुन घर्ती र हेमन्त धामी छन् । 

महिलातर्फको ग्रेड ‘ए’मा इन्दु वर्मा, रुविना क्षेत्री र सिता रानामगर छन् भने ग्रेड ‘बी’मा कविता कुँवर, ग्रेड ‘सी’मा पुजा महतो र अश्मिना कर्मचार्य छन् । त्यसैगरी ग्रेड ‘डी’मा अप्सरी बेगम, कविता जोशी, सङ्गीता राई, काजोल श्रेष्ठ र विन्दु रावल छन् । 

इमर्जीङमा सोनी पाख्रिन, खुसी डङ्गोल, ज्योत्स्निका मरासिनी, कन्चन श्रेष्ठ, रुवी पोदार, सृष्टि जैशी, सम्झना खड्का र सना प्रविन छन् । 

महिलातर्फको ‘ए’ ग्रेडका पर्ने खेलाडीलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ भने ‘बी’ ग्रेडलाई ३५ हजार रुपैयाँ, ‘सी’ लाई ३० हजार रुपैयाँ, ‘डी’ लाई २५ हजार तथा इमर्जिङ समूहलाई २० हजार रुपैयाँ प्रदान गर्ने बैठकले निर्णय गरेको छ । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi