Skip to content

सेबोनको अध्यक्ष नियुक्त गर्न कार्यविधि तयार

nabil bank

काठमाडौं । मंगलबार नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्त गर्नको लागि धितोपत्र बोर्डको अध्यक्ष छनोट समितिले कार्यविधि तयार गरेको हो ।

गत माघ ५ गते सेबोनको अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस समिति गठन गरिएको थियो । मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । धितोपत्रसम्बन्धी ऐन २०ं६३ अनुसार धितोपत्र बोर्डको अध्यक्ष नियुक्त प्रयोजनका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र धितोपत्र क्षेत्रसँग सम्बन्धित विशेषज्ञ सम्मिलित सिफारिस समिति गठन गर्नुपर्ने व्यवस्था छ ।

सरकारले उक्त समितिको सदस्यमा अर्थ मन्त्रालयका सचिव डा  कृष्णहरि पुष्कर र विज्ञ सल्लाहकारका रुपमा शंकरदेव क्याम्पसका प्राध्यापक उदय निरौला सम्मिलित थिए। उक्त समितिले बोर्डको अध्यक्ष सिपmारिसको लागि मापदण्ड तयार गरेको हो । 

सेबोनको अध्यक्ष बन्न धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा ९२० बमोजिम मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्ष काम गरको अनुभव हुनुपर्छ ।

यसैगरी, धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १० बमोजिम नेपालको नागरिक भएको, उच्च नैतिक चरित्र भएको, धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्षको पेशागत अनुभव हासिल गरेको व्यक्तिले आवेदन दिन सकिने व्यवस्था रहेको छ । 

अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ (संशोधन सहित) को दफा ३ (ग) बमोजिम तीस वर्ष उमेर पूरा भई ६५ वर्ष उमेर ननाघेको हुनुपर्ने छ ।

यसअघि तत्कालीन अध्यक्ष रमेश हमालको गत पुस २० गते पदावधि सकिएपछि सेबोन अध्यक्षविहीन छ । अब समितिले अध्यक्ष छनोटको लागि विज्ञापन आह्वान गर्ने छ । सबै प्रक्रिया पुर्याएर ३ जनाको नाम मन्त्रीपरिषदमा लैजाने छ । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime