Skip to content

नेपालका दुई परियोजनामा विश्व बैंकले २६ अर्ब ऋण सहयोग गर्ने

nabil bank

काठमाडौं ।  नेपालका दुई परियोजनामा विश्व बैंकको कार्यकारी निर्देशक सम्मिलित बोर्ड बैठकले २६ अर्ब ४० करोड रुपैयाँ (२० करोड अमेरिकी डलर) ऋण लगानी गर्ने भएको छ।

ग्रिन, रेजिलेन्ट एण्ड इन्क्लुसिभ डेभलपमेन्ट (ग्रिड) र प्रादेशिक तथा स्थानीय सडक सञ्जालको विकास तथा मर्मतसम्भारमा सघाउने गरी यस्तो लगानी गरिएको विश्व बैंकले उल्लेख गरेको छ।

विश्व बैंकको तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि आवासीय निर्देशक फेरिस हदाद जभसले भने, ‘सेवा र पूर्वाधारको क्षेत्रमार्फत हाम्रा यी नयाँ परियोजनाहरूले यहाँका मानिसहरूको जीवनस्तर सुधारमा सहयोग पुर्‍याउनेछ।’

उक्त सहयोगमध्ये १३ अर्ब २० करोड रुपैयाँ ऋण यहाँको राजस्व संकलनमा सुधार ल्याउन, ऋण व्यवस्थापनमा पारदर्शिता वृद्धि गर्न लगायतका प्रयोग हुनेछ। यो रकम प्रत्यक्ष वैदेशिक लगानी प्रक्रिया स्वचालिन बनाउनमा समेत प्रयोग हुने भएको छ। 

प्रादेशिक र स्थानीय सडक सुधार कार्यक्रममा १३ अर्ब २० करोड रुपैयाँ ऋण भने खर्चिने विश्व बैंकले जनाएको छ । यसले नेपालमा सेवा प्रवाहमा प्रभावकारीता आउने, स्थानीय समुदायहरूको बजारमा सहज पहुँच पुग्ने र केही निश्चित प्रादेशिक सडक तथा पुलको भारवहन क्षमता विस्तारमा सहयोग पुग्ने विश्व बैंकले उल्लेख गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi