Skip to content

आइतबार नेप्से ११.७८ अंकले घट्यो, कारोबार रकम २ अर्ब ८ करोड

nabil bank

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ११.७८ अंक घटेर १९६०.३० विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.९२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६७ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार २ अर्ब ५९ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०९ स्टकको ४५ हजार ४४२ पटकको कारोबारमा २ अर्ब ८ करोड २७ लाख ८६ हजार रुपैयाँ बराबरको ५५ लाख ७४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ९.७० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन एनआईसी एशिया ग्रोथ फण्ड २ को इकाईमूल्य ८.४५ प्रतिशत बढेको छ भने सिवाईसी लघुवित्तको सेयरमूल्य ७.८० प्रतिशत बढेको छ। 

१३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ।  आज होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.५२ प्रतिशत घटेको छ। 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi