Skip to content

पिपुल्स पावरलाई हकप्रद सेयर निष्कासन गर्न आयोगको स्वीकृति

nabil bank

 

काठमाडौं।  विद्युत नियमन आयोगले पिपुल्स पावर लिमिटेडलाई हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिएको छ।

फागुन १९ गते शनिबार बसेको बैठकले १ः०.५ अनुपातमा हकप्रद सेयर जारी गर्नका कम्पनीलाई अनुमति दिएको हो । आयोगको पूर्वस्वीकृतिपछि अब हकप्रद सेयर निष्कासन प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेस हुनेछ । सभाबाट पारित भएपछि र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि मात्र हकप्रद सेयर जारी हुनेछ । 

कम्पनीले हाल सञ्चालनमा रहेको ४.९६ मेगावाट क्षमताको पुवा–२ जलविद्युत आयोजनाको नियमित मर्मतसंभार गर्न, भुक्तानी बाँकी हिसाब परफारक गर्न र नयाँ आयोजनामा लगानी गर्न हकप्रद सेयर जारी गर्न लागिएको जानकारी गराएको छ । 

हाल यसको चुक्ता पुँजी ६३ करोड २६ लाख रुपैयाँ रहेको छ । सोही पुँजीमा ५० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi