Skip to content

प्रभु इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट प्रभु इन्स्योरेन्स लिमिटेडले सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सले हाल कामय चुक्ता पुँजीको ४.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

इन्स्योरेन्सको सञ्चालक समितिको फागुन २० गते  आइतबार  बसेको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T