Skip to content

फागुन २५ गते शुक्रबार सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट हुने

काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओ कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा फागुन २५ गते, शुक्रबार बिहान १० बजे बाँडफाँट हुने भएको छ।

उक्त कम्पनीले गत फागुन १३ गतेदेखि १६ गतेसम्म प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो। सो सेयरमा कुल ९ लाख ६० हजार ३ सय १ जनाले ५ करोड ६ लाख १३ हजार ३६० कित्ता सेयरका लागि आवेदन परेको क्यापिटलले जानकारी दिएको छ।

उक्त कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन नियमावलीअनुसार गोलाप्रथा प्रक्रियामार्फत  बाँडफाँट गरिने बताएको छ। जसअनुसार ५५ हजार ५ सय २१ जना आवेदकले कम्पनीको सेयर प्राप्त गर्न सक्नेछन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T