Skip to content
Prabhu

नेप्सेमा तेस्रो सर्किट ब्रेक लागेपछि सोमबारको लागि सेयर कारोबार बन्द

काठमाडौं । सोमबार सेयर बजारमा तेस्रो सर्किट ब्रेक लागेको छ। दोस्रो सर्किट ब्रेक लागेर कारोबार खुलेको १ मिनेटमानै नेप्से सूचक ६ प्रतिशत बढेपछि नेप्सेमा पुनः तेस्रो सर्किट ब्रेक लागेको हो।

आज कारोबार खुलेको पहिलो ३ मिनेटमानै नेप्से सूचक ४ प्रतिशतले बढेर पहिलो सर्किट ब्रेक लागेको थियो। सोपश्चात बजार ११ बजेर २३ मिनेटमा खुलेको थियो भने १ मिनेटभन्दा कम अवधिमा नै नेप्से ५ प्रतिशतले बढेर दोस्रो सर्किट लागेको थियो। 

दोस्रो सर्किटपश्चात पनि १ मिनेटभन्दा कम अवधिमा नै नेप्से ६ प्रतिशतले बढेपछि सोमबारको लागि सेयर कारोबार बन्द भएको हो।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal