Skip to content
Prabhu

सिंगटी हाइड्रोको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले फागुन २ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन दिने आज मंगलबार (फागुन २२ गते)  अन्तिम दिन रहेको छ। 

सो कम्पनीले  १ः१ को अनुपातमा शतप्रतिशतले हुन आउने १ करोड ४५ लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । हकप्रद सेयर निष्कासन प्रयोजनार्थ कम्पनीले पुस २२ गते बुकक्लोज गरेको थियो।

पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। ।  सेयर निष्कासनका लागि कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal