Skip to content

मन्त्रालय भागबन्डामा सहमतिः कुन दललाई कुन–कुन मन्त्रालय ?

काठमाडौं । बालुवाटारमा  बुधबार दिउँसो बसेको सत्ता गठबन्धन बैठकले मन्त्रालय भागबन्डामा टुंगो लगाएका हुन्। सहमतिअनुसार नेकपा (माओवादी केन्द्र) बाट उपप्रधान तथा परराष्ट्रमन्त्री वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ हुनेछन्।

अर्थमन्त्री पनि माओवादीले नै लिने र उपमहासचिव वर्षमान पुनलाई अर्थमन्त्री बनाउने माओवादीको निर्णय छ।नेकपा (एमाले) बाट सचिव रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री बन्ने सहमति भएको एमाले उपाध्यक्ष विष्णु पौडेलले बताए।

त्यस्तै, रास्वपाले लिने चार मन्त्रालयको पनि टुंगो लागेको छ। सभापति रवि लामिछाने उपप्रधान तथा गृह मन्त्री बन्ने भएका छन्। शिक्षा मन्त्रीमा सुमना श्रेष्ठ, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ, श्रममन्त्रीमा उपसभापति डोलप्रसाद अर्याल (डिपी) बन्ने भएका छन्। लामिछाने र अर्याल यसअघि पनि सोही मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi